ad ad

राजनीति


राजनीतिक दलका सचेतकसँग बालुवाटारमा प्रधानमन्त्रीको छलफल

राजनीतिक दलका सचेतकसँग बालुवाटारमा प्रधानमन्त्रीको छलफल

नेपालखबर
माघ २३, २०७९ सोमबार ९:५४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लागि बोलाइएको बैठकमा सबै राजनीतिक दलका सचेतकहरू उपस्थिति छन्। दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विधेयक सम्बन्धि छलफल भइरहेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।

संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने विजनेस लगायतका बारेमा दलको आधिकारिक राय लिन बैठक बोलाइएको जनाइएको छ।

संसदमा सांसदहरूको भूमिका र विधेयकका बारेमा पनि प्रधानमन्त्रीले छलफल गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .