ad ad

ग्लोबल


टर्की भूकम्प अपडेट : १७ जनाको मृत्यु, मृतकको संख्या बढ्नसक्ने

टर्की भूकम्प अपडेट : १७ जनाको मृत्यु, मृतकको संख्या बढ्नसक्ने

नेपालखबर
माघ २३, २०७९ सोमबार १०:११, काठमाडौँ

टर्कीमा गएको शक्तीशाली भूकम्पमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ। टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको हो। 

अमेरिकी भौगोर्भिक सर्वेक्षणले स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गजिएन्टेप सहरको १७.९ किलोमिटर  नजिक ७.८ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पको धक्का टर्कीको राजधानी अंकारा र अन्य सहरमा पनि महसुस गरिएको बीबीसीले जनाएको छ। 

भूकम्पका कारण धेरै भवन ध्वस्त भएको र कैयौँ मानिस फसिरहेको रिपोर्ट छ। 

स्थानीय अधिकारीका अनुसार अहिलेसम्म कम्तीमा १७ जनाको मुत्यु भए पनि मृतकको सख्या लगातार बढिरहेको बताएका छन्। टर्कीका आन्तरिक मन्त्री सुलेमोन सोयलुले भूकम्पका कारण १० सहर प्रभावित भएको बताएका छन्। 

भूकम्पका कारण गाजिएन्टेप, कहरामनमारास, हाते, उस्मानी, अहियामान, मालत्या, सानलिउर्फा, अडाना, दियारबाकिर र किलिस सहर प्रभावित भएको छ। 

गाजियन्टेपको उत्तर–पूर्वी, दियारबाकिरमा रहेको एक सपिङ मल भत्किएको छ। भूकम्पकोे धक्का सिरिया, लेबनान र साइप्रसमा पनि महसुस गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .