ad ad

राजनीति


माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा बनाउन सहमति

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा बनाउन सहमति

नेपालखबर
माघ २२, २०७९ आइतबार २०:५०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा समाजवादी मोर्चा बनाउन सहमत भएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका दुई नेता माओवादी धाराका शक्तिबीच सहकार्य गरेर अघि बढ्न तयार भएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले नेपालखबरलाइ बताए ।

‘नेकपाका दुई नेता र प्रधानमन्त्रीबीच आज बालुवाटारमा राजनीतिक छलफल भयो, माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता मनन गर्दै तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्ने कुरा भएको छ’ महराले भने,  ‘एकता गर्नेगरी कुरा भएको छ। एकताको आधार बिस्तारै बनाउँदै जान्छौं।’

माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएको प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणा सोधेका थिए।  

जवाफमा प्रधानमन्त्री प्रचण्डले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको प्रष्ट पारे। बन्दीहरू रिहाइका लागि सरकारको तर्फबाट पहल भइरहेको प्रधानमन्त्रीले जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .