ad ad

राजनीति


स्थायी कमिटी बैठकमा प्रचण्डलाई दबाब : सत्ता जोगाउन अनावश्यक सम्झौता नगर्नू

स्थायी कमिटी बैठकमा प्रचण्डलाई दबाब : सत्ता जोगाउन अनावश्यक सम्झौता नगर्नू

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेकाे स्थायी कमिटी बैठक। तस्बिर: प्रदीपराज वन्त।


नेपालखबर
माघ २१, २०७९ शनिबार १८:१२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता जोगाउनेगरी कुनै अनावश्यक सम्झौता नगर्न पार्टीभित्रबाटै दबाब सुरु भएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नेताहरूले सत्ता जोगाउनकै लागि कुनै सम्झौता नगर्न दबाब दिएका हुन्। 

शनिबार बिहानमात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो। गृह मन्त्रालय पुनः पाउनपर्ने मागसहित २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विषयलाई लिएर गठबन्धनभित्रै खटपट सुरु भएको बुझिएको छ। 

उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओली रविलाई नै गृहमा पुर्नवहाली गर्न जोड दिइरहेका छन्। तर, सर्वोच्चको पूर्णपाठ नआइसकेको र पासर्पोटको विवाद पनि कायमै रहेकाले अहिले रविलाई गृह दिन नहुने प्रचण्डसहित माओवादी नेताहरू बताउँछन्। 

आजको बैठकमा पनि यो विषयमा कुरा उठेको थियो। ‘सत्ता बचाउनेगरी कुनैपनि अनावश्यक सम्झौता नगर्न हामीले अध्यक्षलाई भनेका छौं’, बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने।

पार्टी बैठकबाट निस्कँदैगर्दा प्रचण्डले समस्या समाधान हुने र छलफल भइरहेको बताएका थिए। उता, सचिव देवेन्द्र पौडेलले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताएका थिए। पौडेलका अनुसार सहमति अनुसार विचार मिल्ने दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको छ।

रास्वपाले गृहबारे निर्णय लिन दिएको अल्टिमेटम आजबाट सकिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .