ad ad

राजनीति


माओवादी स्थायी कमिटी बैठक बस्दै

माओवादी स्थायी कमिटी बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
माघ २१, २०७९ शनिबार ९:३, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट स्थायी कमिटी बैठक सुरु हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। 

यसअघि तय भएको बैठक स्थगित हुँदै आएको थियो। बिहीबार बस्न नपाउँदै बैठक सकिएको थियो भने शुक्रबार अन्तिम समयमा बैठक स्थगित भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नपाएर सरकार छाड्ने चेतावनी दिएसँगै माओवादी केन्द्रमा पनि त्यसबारे बहस भइरहेको छ। पार्टी बैठकमा पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो बारे ब्रिफिङ गरिसकेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रविलाई गृहमन्त्री बनाउन दबाब दिइरहेका छन्। यद्यपि रविको राहदानी विवाद अझै बाँकी रहेको र सर्वोच्चको पूर्णपाठ नआएकोले प्रधानमन्त्रीले गृह आफैं राख्ने बताउँदै आएका छन्।

रास्वपाले पनि प्रधानमन्त्री र ओलीले २ दिनकाे समय मागेको भन्दै त्यसपछि निर्णय लिने बताएकाे छ। आजको बैठकमा यो सहित नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .