ad ad

राजनीति


राष्ट्रिय सहमतिका लागि छलफल गर्न कांग्रेस तयार छ : रमेश लेखक

राष्ट्रिय सहमतिका लागि छलफल गर्न कांग्रेस तयार छ : रमेश लेखक

तस्बिर : नेपालखबर


नेपालखबर
माघ १९, २०७९ बिहिबार ११:५३, काठमाडौँ

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्दै आएको राष्ट्रिय सहमतिका लागि छलफल गर्न पार्टी तयार रहेको जनाएको छ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले भनेको राष्ट्रिय सहमतिका लागि छलफल गर्न पार्टी तयार रहेको बताएका हुन्। 

‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति भनिरहनुभएको छ। उहाँले सर्वदलीय बैठकमा पनि भन्नुभएको थियो,’ धुम्बाराहीमा बसेको दलको कार्यसमिति बैठक पछि उनले भने, ‘हामी सहमति गरेर जाने कुराको बारेमा छलफल गरेर जान तयार छौँ। उहाँको प्रस्ताव, एजेण्डा के हो भन्नेबारेमा सोचिरहनुभएको छ होला। हामी छलफलका लागि तयार छौँ।’

मुख्यसचिव लेखकले आगामी फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले तयारी गरिरहेको पनि बताए। ‘आफैँ पनि राष्ट्रपतिको निर्वाचनका लागि तयारी गरिरहेका छौँ,’ उनले भने। कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय यसअघि नै गरिसकेको थियो। 

सभापति शेरबहादुर देउवाको निवासमा बिहीबार बिहान बसेको संसदीय दल कार्यसमिति बैठकले माघ २३ गते हुन गइरहेको राष्ट्रियसभा उपाध्याक्ष निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ। बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरिएको लेखकले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .