ad ad

राजनीति


उपनिर्वाचनमा रविलाई सहजै पराजित गर्ने चितवन कांग्रेसको दाबी

उपनिर्वाचनमा रविलाई सहजै पराजित गर्ने चितवन कांग्रेसको दाबी

नेपालखबर
माघ १७, २०७९ मंगलबार १६:३६, काठमाडौँ

नेपाली कांग्रेस चितवनले पार्टी एकतावद्ध भएर लागे आगामी उपनिर्वाचनमा निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई सहजै पराजित गर्न सकिने दाबी गरेको छ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले मंगलबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एक ढिक्का भएर लागे चितवन–२ मा हुने उपनिर्वाचनमा लामिछानेलाई सहजै पराजित गर्न सकिने दाबी गरेका हुन्। 

‘नेपाली कांग्रेस एक ठाउँमा बसेर जोड गर्यो भने उपचुनाव जितिन्छ। रवि लामिछानेलाई सहजै हराइन्छ,’ उनले भने, ‘हिजो रविजीले शीर्ष नेताहरुबारे बोलेको र अहिले उहाँहरुलाई सास्टाङ्ग गरेको सबैले देखेका छन्। ३२ दिनमा के–के गर्नु भयो भन्ने त थाहै छ।’

सभापति खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको ध्यान जनतालाई दिनेमा भन्दा पनि आफू लिनेमा मात्र देखिएको पनि टिप्पणी गरे।

‘उनी सांसद छैनन् तर, पुरानै पदमा जाने कुरा गर्न थाले,’ उनले भने, ‘मैले के दिने भन्ने छैन, खाली मैले के लिने भन्ने उनको ध्यान छ।’

उनले चितवन राजनीतिक प्रयोगशाला भएको भन्दै उपनिर्वाचनमा कांग्रेस एक भएर अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिए।

‘कांग्रेसका उम्मेदवारलाई जिताउन र विपक्षी उम्मेदवारलाई हराउन चितवन कांग्रेस तयार छ,’ खनालले भने, ‘सभापतिले पनि त्यहीअनुसार निर्देशन दिनुपर्यो। बागमतीका सभापति इन्द्र बानियाँको कुरा पनि त्यही हुनुपर्यो। राजेश्वर खनालको पनि त्यही हुनुपर्यो। सबै एक भएपछि सबै ठीक भइहाल्छ।’

खनालले अहिलेको सत्ता गठबन्धन धेरै नटिक्ने समेत दाबी गरे।

‘बिना कुनै अभ्यास छोटो समयमा बनेको गठबन्धन धेरै टिक्दैन। कुनै ठाउँमा पुगेर अवश्य दुर्घटनामा पर्छ,’ उनले जिकिर गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .