राजनीति


गृह मन्त्रालयबारे प्रधानमन्त्रीको जवाफ कुर्दै रास्वपा

आजै साँझसम्ममा थप निर्णय गर्ने तयारी
गृह मन्त्रालयबारे प्रधानमन्त्रीको जवाफ कुर्दै रास्वपा

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०७९ मंगलबार ११:५३, काठमाडौँ

गृहमन्त्रालय आफूलाई दिनुपर्ने अडानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ कुरिरहेको जनाएको छ।

प्रधानमन्त्रीको जवाफ आएपछि पार्टीको बैठक बस्ने महामन्त्री एवम् प्रवक्ता डा. मुकल ढकालले नेपालखबरलाई बताए।

रास्वपाले मंगलबार साँझसम्म गृहमन्त्रालय नपाए सरकार छोड्ने घोषणा गरिसकेको छ। 

‘हामी प्रधानमन्त्रीको जवाफ कुरिरहेका छौँ,’ ढकालले भने, ‘आजै उहाँको सकारात्मक जवाफ आए पार्टीभित्र गृहमन्त्री कसलाई बनाउने छलफल गर्न बैठक बस्छ र नाम पठाउँछौं। उहाँले (प्रधानमन्त्री) दिन्नौँ भने त्यसपछि के गर्ने निर्णय गर्न बैठक बस्छ।’

मंगलबार बिहान सभापति रवि लामिछानेले रास्वपाको भागमा परेको गृहमा पुनः जिम्मेवारी दिन प्रधानन्त्री प्रचण्डलाई आग्रह गरेका थिए।

प्रधानमन्त्रीले ठोस जवाफ नदिइ सत्ता साझेदार दलमा छलफल गर्नुपर्ने जवाफ दिएपछि रविले मंगलबार साँझसम्म निर्णय गर्न समयसीमा दिएका छन्।

अहिले रास्वपाको संसदीय दलको सिंहदरबारमा बसिरहेको छ। उता माओवादीले पनि पेरिस डाँडामा पदाधिकारी बैठक राखेको छ।

माओवादीले गृहमन्त्रालयबारे ठोस निर्णय लिने जिम्मा प्रचण्डलाई नै दिएको छ। तर माओवादीका अधिकांश नेताहरु देशको आन्तरिक सुरक्षाको जिम्मेवारी बोकेको गृह आफैं राख्नुपर्ने पक्षमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .