कारोबार


साइकल निर्यात गरेर वार्षिक साढे ९६ करोड डलर कमाउँछ कम्बोडिया

साइकल निर्यात गरेर वार्षिक साढे ९६ करोड डलर कमाउँछ कम्बोडिया

नेपालखबर
माघ १७, २०७९ मंगलबार ११:५४, काठमाडौँ

अन्तर्राष्ट्रिय बजारमा कम्बोडियाली साइकलको निर्यात सन् २०२२ मा व्यापक बढेको छ। 

गत वर्ष साइकल निर्यातबाट देशले ९६ करोड ६० लाख अमेरिकी डलर कमाएको छ जुन अघिल्लो वर्षको ६५ करोड १० लाख डलरको तुलनामा ४८ प्रतिशतले बढी हो । 

वाणिज्य मन्त्रालयका उपसचिव तथा प्रवक्ता पेन सोभिचेटले दिएको जानकारीअनुसार साइकल युरोपियन युनियन, बेलाइत, संयुक्त राज्य अमेरिकालगायत ५० भन्दा बढी देशहरूमा निर्यात गरिएको छ ।

उनले सिन्ह्वालाई लत्ताकपडा, जुत्ता र यात्राका अन्य सामानहरूपछि निर्यातका लागि साइकल मुख्य उत्पादन उत्पादनहरूमध्ये एक बनेको बताएका छन् ।

प्रवक्ताका अनुसार कम्बोडिया साइकल निर्यातको हिसाबले दक्षिणपूर्वी एसियाली देशहरूमा कम्बोडिया प्रमुख मानिन्छ। कम्बोडियामा हाल पाँचवटा साइकल कारखानाहरू सञ्चालनमा छन् । ती सबै दक्षिणपूर्वी स्वे रिइङ प्रान्तको बाभेट सहरको विशेष आर्थिक क्षेत्रमा अवस्थित छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .