राजनीति


सहिदको सपना पूरा गर्न देश विकासको संकल्प गरौँ : प्रधानमन्त्री

सहिदको सपना पूरा गर्न देश विकासको संकल्प गरौँ : प्रधानमन्त्री

नेपालखबर
माघ १६, २०७९ सोमबार १०:४९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन्।

सोमबार सहिद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छौं। यसको पछाडि महान शहीदहरुको त्याग र बलिदान नै प्रमुख रहेको
छ’, उनले भने, ‘देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरु अमर हुन्, अजर हुन्छन्। उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन्।’

सहिदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने प्रधानमन्त्री प्रचण्डले बताए। देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने पनि उनले बताए। 

राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि सहिदहरु प्रेरणाको स्रोत भएको पनि उनले बताए। 

‘माघ १६ लाई हामीले त्यसै रुपमा स्मरण गर्ने गर्छौं। स्मरणको अर्थ फगत एउटा औपचारिक समारोहमा मात्रै छैन, महान सहिदहरुका सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन पनि हो। म यही संकल्पको निम्ति सबैसँग अपिल गर्दछु।’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री दाहालले आज माघ १६ गते शहीद दिवसको अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शालिकमा माल्यार्पण समेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad