राजनीति


दायाँबायाँ नसोची आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरोस् : पूर्णबहादुर खड्का

दायाँबायाँ नसोची आयोगले  राष्ट्रपति निर्वाचनको मिति घोषणा गरोस् : पूर्णबहादुर खड्का

तस्बिर : नेपालखबर


नेपालखबर
माघ १५, २०७९ आइतबार ९:२०, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खडकाले राष्ट्रपति निर्वाचनको मिति तोक्न निर्वाचन आयोगलाई सुुझाव दिएका छन्। राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेर संशयको घेराबाट आफूलाई निर्वाचन आयोगले बाहिर निकाल्न उपयुक्त हुने उनले टिप्पणी गरेका छन्। 

‘दायाँबायाँ नसोची, नहेरि। निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुनेगरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ।’ खड्काले सामाजिक सञ्जालमार्फत भनेका छन्। 

राष्ट्रपतिको कार्यकाल फागुन २८ मा सकिँदैछ। राजनीतिक दलहरु आफू अनुकुलको राष्ट्रपति बनाउनेगरी लागि परेका छन्। 

सत्ता गठबन्धनले भागबण्डा गर्दा एमालेले राष्ट्रपति लिने समझदारी भएको जनाइएको छ। यद्यपि राष्ट्रियय सहमति गर्नपर्ने भन्दै माओवादीबाट आवाज उठ्न थालेपछि विवाद बढ्ने संकेत देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .