कला


‘मेनडग’ बनेका अनमोल

‘मेनडग’ बनेका अनमोल

नेपालखबर
माघ १५, २०७९ आइतबार ९:२५, काठमाडौँ

अनमोल केसी स्टार फिल्म ‘छड्के २’ले प्रचार थालेको छ। फागनु १९ लाई प्रदर्शन मिति तय गरेको फिल्मको टिजरमा अनमोललाई ग्याङस्टार अवतारमा देखाइएको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तपार पारिएको यो फिल्ममा अनमोल ‘मेनडग’नामक पात्रको भूमिकामा देखिनेछन्। 

फिल्ममा अलमोलसँगै रोबिन तामाङ, कमलमणी नेपाल, देवकुमार श्रेष्ठ, श्रृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर लगायतका कलाकारले अभिनय गरेका छन्। 

प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानीमा निर्माण भएको फिल्ममा राजकुमार उप्रेतीको एक्सन निर्देशन, मास्को सिंह र राजेन्द्र सापकोटाको छायांकन, रवि चौधरी र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । 

निर्भाना स्कुल र लक्ष्मण काफ्ले फिल्मका कार्यकारी निर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad