ad ad

राजनीति


संयमता अपनाउन रास्वपाको आग्रह

संयमता अपनाउन रास्वपाको आग्रह

नेपालखबर
माघ १३, २०७९ शुक्रबार २०:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले संयमता साथ प्रस्तुत हुन पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा आग्रह गरेको छ।

पार्टी सभापतिसमेत रहेका रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले रद्द गरिदिएपछि उत्पन्न परिस्थितीमा पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति प्रकाशित गरी संयमता अपनाउन आग्रह गरेका हुन्।

साथै उनले पार्टीका सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू स्थगित भएको जनाएका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको निर्णय बमोजिम मिति २०७२।१०।१४ देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘साथै पार्टीका लागि चुनौतिको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमता साथ प्रस्तुत हुन समेत हार्दिक अनुरोध गर्दछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .