ad ad

राजनीति


बालुवाटारमा प्रचण्डलाई ‘कार्यकारी कुर्सी’!

बालुवाटारमा प्रचण्डलाई ‘कार्यकारी कुर्सी’!

नेपालखबर
पुस १३, २०७६ आइतबार ७:१०,

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष बनेपछि प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो पटक सचिवालयको बैठक बस्यो।

यसअघिका बैठक भन्दा आइतबार बिहान बसेको बैठकमा एउटा दृश्य भने भिन्दै थियो। त्यो हो प्रचण्डको कुर्सी। यसअघिका बैठकमा अन्य सचिवालयसँग सोफामा बस्दै आएका प्रचण्डको कुर्सी आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी ओलीसँगै राखिएको थियो र दुबै अध्यक्ष सँगसँगै बसेका थिए।

Central Secretariat Meeting 2

यसअघि प्रचण्डकै अध्यक्षतामा मंसिर २९ बालुवाटार बसेको बसेको थियो। सो बैठकमा केपी शर्मा ओली पनि थिए। बैठकको अध्यक्षता प्रचण्डले गरे पनि अगाडिको कुर्सीमा प्रधानमन्त्री ओलीमात्रै थिए। प्रचण्ड सोफामै बसेर बैठकको अध्यक्षता गरेका थिए।

मंसिर ४ गतेको सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजन गरेको थियो। बैठकले सरकार सञ्चालनको जिम्मा प्रधानमन्त्री ओलीलाई र पार्टी सञ्चालनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको थियो।

प्रचण्ड कार्यकारी बनेपछि धेरैजसो सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै आएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .