ad ad

राजनीति


देउवा निवासमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

देउवा निवासमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

फाइल तस्बिर।


नेपालखबर
माघ ९, २०७९ सोमबार ८:२९, काठमाडौँ

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बैठक बस्न लागेको सहमहामन्त्री किशोरसिंह राठोरले जानकारी दिए। 

उनका अनुसार बैठक सोमबार (९ माघ) बिहान १० बजेका लागि तय भएको हो। समसामयिक राजनीतिबारे छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाइएको हो। 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी १५ गतेका लागि बोलाइएको छ। केन्द्रीय कार्यसमिति बैठकअघि पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएर देउवाले छलफल गर्न लागेका हुन्। 

कांग्रेसभित्र संस्थापन इतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर गल्ती गरेको निश्कर्ष निकालेको छ। राष्ट्रपतिको उम्मेदवार तय गर्ने विषयमा कांग्रेस नेताहरु आन्तरिक छलफल समेत गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .