ad ad

राजनीति


माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि औपचारिक वार्ता सुरु

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि औपचारिक वार्ता सुरु

फाइल फोटाे


नेपालखबर
माघ ८, २०७९ आइतबार २१:५०, काठमाडौँ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि औपचारिक वार्ता सुरु भएको छ। 

आइतबारदेखि दुई पार्टीका एकता संयोजन समितिले वार्ता सुरु गरेका हुन्। पहिलो वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, दुई  पार्टीका दस्तावेज आदानप्रदान भएको जनाइएको छ।

वार्तामा माओवादी केन्द्रका संयोजक कृष्णबहादुर महरा, गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत तथा नेकपा एकीकृत समाजवादीबाट संयोजक बेदुराम भुसाल, प्रकाश ज्वाला र विजय पौडल छन्।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएपछि साविक एमाले र माओवादी अलग अलग भएका थिए। एमालेबाट पनि अलग भएको एर्ककृत समाजवादीले पुनः माओवादीसँग पार्टी एकता गर्ने गरी वार्ता थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .