प्रतिनिधिसभाको उपसभामुख पदमा इन्दिरा राना मगर विजयी भएकी छिन्।
शनिबार भएको निर्वाचनमा रानाको पक्षमा १६६ सांसदको मतसहित उनी प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन्।
शनिबार भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे। इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका थिए।
कांग्रेसको तर्फबाट उम्मेदवार मुक्ताकुमारी यादवले भने ९७ मत प्राप्त गरिन्। बैठकमा २ सय ६४ सदस्य उपस्थित थिए।
यी हुन अनुपस्थित सांसदहरू:
१. वर्षमान पुन (बिरामी)
३. धनबहादुर बुढा
४. धवलशमशेर जबरा
५. बिनाकुमारी थनैत
६. मनोरमा शेरचन
७. राजेन्द्र प्रसाद पाण्डे
८. सपना राज भण्डारी
९. लक्ष्मी महतो कोइरी
१०. टेकबहादुर गुरूङ (निलम्बित)
११. सभामुख (मतदानमा सहभागी नभएको)
285
Shares

प्रतिक्रिया