ad ad

राजनीति


सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

फाइल तस्बिर।


नेपालखबर
माघ ७, २०७९ शनिबार १२:१४, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।

सभामुख भएपछि उनले पहिलो पटक संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाएका हुन्। 

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नम्वाङ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ।

आज प्रतिनिधिसभाको उपसभामुख चयनका लागि मतदान हुँदैछ। त्यसैको पूर्र्व सन्ध्यामा सभामुख घिमिरेले सर्वदलीय बैठक बोलाएका हुन्। घिमिरे गत माघ ५ गते १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .