राजनीति


रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

नेपालखबर
माघ ६, २०७९ शुक्रबार ११:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो। उनी सत्ता साझेदार दलकी साझा उम्मेदवार हुन्।

मगर रास्वपाकी समानुपातिक सांसद हुन्। उपसभामुखमा यसअघि सोविता गौतमको चर्चा थियो। रास्वपालाई उपसभामुख दिने समझदारी बनेको थियो।

संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि मनोनयन दर्ता गराउने कार्यसूची छ। बिहीबार भएको निर्वाचनमा सभामुखमा भने देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad