प्रतिनिधिसभाको सभामुखमा बिहीबार निर्वाचित देवराज घिमिरेले नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।
सभामुख घिमिरेले शुक्रबार प्रेस विज्ञप्ति निकालेर स्वतन्त्र र निष्पक्ष काम गर्न पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा हुन्।
'मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु', उनले भने।
बिहीबार भएको निर्वाचनमा घिमिरेले १६७ मतसहित सभामुख पक्का गरे। विपक्षमा कांग्रेस गठबन्धनबाट ईश्वरी न्यौपानेले १०० मत ल्याइन्।
69
Shares

प्रतिक्रिया