राजनीति


सीके राउतको प्रश्न : मधेशी र थारुलाई भित्तामा पुर्‍याएर कस्तो राष्ट्रिय सहमति?

जनमतको मत पनि एमालेका देवराज घिमिरेलाई
सीके राउतको प्रश्न : मधेशी र थारुलाई भित्तामा पुर्‍याएर कस्तो राष्ट्रिय सहमति?

संसदमा बोल्दै सीके राउत। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १३:३८, काठमाडौँ

मन्त्रालय बाँडफाँटलाई लिएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नगएको जनमत पार्टीले पनि नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको छ।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले बिहीबार सभामुख चयनका लागि बसेको प्रतिनिधिसभाको बैठकमा यस्तो जानकारी दिएका हुन्।

'हामी सत्ता गठबन्धनमा रहेकाले सभामुखमा हाम्रो मत माननीय देवराज घिमिरेलाई जान्छ', उनले भने।

तर उनले नेपाली कांग्रेसतिर लक्षित गर्दै मधेशी र थारुलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको कुराको अर्थ नरहेको उल्लेख गरे। 

'मधेशीलाई साइड लगाएर हुने राष्ट्रिय सहमति कस्तो हुन्छ?', उनले भने, 'हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु वर्गीय संकिर्णताबाट माथि उठ्ने कि नउठ्ने?'

देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको उनले बताए। उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे।

उनले मधेसवादी दलहरुदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्न गरे। उनले अनुहार, जाति र समुदाय भन्दामाथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे।

‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ। राष्ट्रिय सहमतिको लागि कुरा ल्याए। यो केका लागि पदको लागि मात्रै हो की , देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन', उनले भने, 'पदको लागि मात्रै किन कुरा? दलभन्दा माथिको कुरा गरिन्छ। कस्तो खालको राष्ट्रिय सहमति हो? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो। हामी दल भन्दा माथि उठ्छौँ तर तपाईंहरु एउटा अनुहार, जातिको मुखौटो भन्दा माथि उठ्न सक्नुहुन्छ की हुँदैन ? त्यो ठूलो कुरा हो।’

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह  गरेका हुन्। जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरुले १ मिनेट उठेर मौन धारण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad