राजनीति


ओलीलाई पाण्डेको कटाक्ष : प्रदेश भनेको युनिट हो भन्ने पनि यहाँ छौँ

ओलीलाई पाण्डेको कटाक्ष : प्रदेश भनेको युनिट हो भन्ने पनि यहाँ छौँ

नेपालखबर
माघ ५, २०७९ बिहिबार १३:४०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले संघीयता, गणतन्त्रलाई मुटुदेखि माया गर्ने सभामुख आवश्यक रहेको बताएका छन्।

विहीबार सभामुख चयनका लागि बसेको संसद बैठकमा सभामुख पदकी उम्मेदवार कांग्रेसकी इश्वरीदेवी न्यौपानेको समर्थनमा बोल्दै उनले अहिलेपनि केन्द्र बलियो बनाउने प्रवृत्तिले प्रदेश छायामा परेको गुनासो गरे। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो वर्ष दिएको भनाईप्रति उनले व्यंग्य गरेर अब भने प्रदेश सरकार बलियो बनाउनुपर्ने बताए। ‘अहिलेपनि कतिपय नेतामा केन्द्र बलियो बनाउने प्रवृत्ति छ,’ पाण्डेले भने, ‘प्रदेश भनेको युनिट हो भन्ने विचार बोक्नेहरु पनि यहाँ छौं।’

सांसद पाण्डेले मुटुदेखि माया गर्ने सभामुख हुनुपर्ने भन्दै कांग्रेसकै न्यौपाने उपयुक्त दाबी पनि गरे। 
‘हाम्रो सभामुख गणतन्त्र, लोकतन्त्रको संघीयतालाई मुटुदेखि माया गर्ने सभामुख हुनुपर्छ,’ पाण्डेले थपे, ‘सरकार सत्तापक्षको, संसद प्रतिपक्षको, प्रभावकारी भूमिका खेल्ने सभामुखको जरुरी हुन्छ। कुनै राजनीतिक दलको रवर स्ट्याम्प बन्न गयो भने यो संसद निरस बन्न पुग्छ, यस्तो अवस्थामा कांग्रेसकी इश्वरीदेवी न्यौपाने उपयुक्त हुनुहुन्छ।’ 

संसदमा थुप्रै ऐन बन्न बाँकी भएको भन्दै उनले भने, ‘सभामुखको भूमिका देशका लागि आवश्यक ऐन निर्माणमा सरकारलाई घचघचाउने हुन्छ। अहिले पनि हामी ०२८ सालको शिक्षा ऐन लागू गरेर बसेका छौं। प्रदेशलाई दिने अधिकारी मुठी कसेर बसेका छौं, दिइरहेका छैनौं। प्रदेश सरकार छ, प्रहरी छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad