राजनीति


०७४ मा कांग्रेसकै कारण सर्वसम्मत राष्ट्रपति चयन हुन सकेन : योगेश भट्टराई

०७४ मा कांग्रेसकै कारण सर्वसम्मत राष्ट्रपति चयन हुन सकेन : योगेश भट्टराई

संसद बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराई। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १३:२६, काठमाडौँ

नेकपा एमालेका सांसद योगेकुमार भट्टराईले नेपाली कांग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भएपनि कांग्रेसप्रति लक्षित गर्दै काँग्रेसकै कारण सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुन नसकेको बताए।

कांग्रेस इतिहासमा हेर्ने हो भनेपनि सबैभन्दा लाभ लिने र अरुलाई हस्तान्तरण नगर्ने दलको रुपमा रहेको दाबी गरे। ‘यहाँ दिने र लिनेको पनि कुरा भयो, आज धेरै तीतो इतिहास नसम्झिऔँ भन्ने लागेको थियो। फेरि पनि सम्झना गर्ने बाध्यता आयो। नेपाली काँग्रेस र नेकपा एमालेको सम्बन्ध त्यस्तै छ’, उनले भने, ‘विगत हेर्ने हो भने एमाले सबैभन्दा बढी दिने र नेपाली कांग्रेस सबैभन्दा बढी लिने दलमा चिनिन्छ। २०७२ को संविधान बनाउँदा के भनिएको थियो, बनेपछि आज के भयो त्यो पनि सम्झिनुपर्छ।’

उनले काँग्रेस लगायत प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै दलहरुले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर सभामुखमा निर्वाचित गर्न आग्रह गरे।

‘अहिले राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसम्मत चुनिनुभएको होइन। हाम्रो अपेक्षा सर्वसम्मत चुनिनुपर्छ भन्ने थियो। यसको हेक्का हुनुपर्छ, कसको कारणले भएन, त्यो बेला नै सर्वसम्मत हुनुपर्दथ्यो’, उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत मुटुले दिएको हो भने देवराज घिमिरेले पनि त्यो मत प्राप्त गर्नुपर्छ। निधारले हो भने केही भन्न सकिँदैन।’

सांसद भट्टराईले सभामुख उम्मेदवार घिमिरे सबै किसिमले सभामुख बन्नका लागि योग्य पात्र रहेको भन्दै उनलाई सभामुखमा निर्वाचित गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad