राजनीति


जसपा अन्तिममा युटर्न, सभामुखमा एमालेका देवराज घिमिरेलाई सघाउने

जसपा अन्तिममा युटर्न, सभामुखमा एमालेका देवराज घिमिरेलाई सघाउने

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १३:२९, काठमाडौँ

सत्ता साझेदारीमा असन्तुष्टि जनाएको जनता समाजवादी पार्टी अन्तिममा युटर्न भएको छ।

बुधबारसम्म कांग्रेसलाई सघाउने निर्णयमा पुगिसकेको जसपा बिहीबार युटर्न हुँदै सत्ता साझेदार अन्य दलहरुसँगै उभिएको हो। 

जसपाले प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई नै सघाउने निर्णय लिएको हो। 

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवानिवास पुगेर जसपा अध्यक्ष उपेन्द्र यादवले सभामुखमा सघाउने वचन दिएका थिए।

त्यहीअनुसार कांग्रेसले जसपाको पनि साथ लिएर संसदमा ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवरमा खडा गरेको थियो। 

तर बिहीबार बसेको बैठकले सत्ता साझेदार दलका उम्मेदवार एमालेका घिमिरेलाई मत दिने निर्णग गरेको हो।

जसपाको यो निर्णयसँगै एमाले उम्मेदवार घिमिरेको पक्षमा सात दल एक भएका छन्। प्रतिनिधिसभामा सभामुखको निर्वाचन प्रक्रिया अघि बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad