राजनीति


सरकारसँग सांसद माधव सापकोटाको माग : तातोपानी नाका पूर्ण रूपमा खुलाऊ

सरकारसँग सांसद माधव सापकोटाको माग : तातोपानी नाका पूर्ण रूपमा खुलाऊ

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १३:१२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले तातोपानी नाका पूर्ण रुपमा खुलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

बिहीबार सभामुख चयनका लागि जारी प्रतिनिधिसभा बैठकमा उनले भने, ‘छिमेकी चीनसँगको व्यापारिक नाकाबाट आयात र निर्यातलाई पूर्ण रुपमा सुचारु गर्न सकिएमा देशको अर्थतन्त्रमा दरिलो सहयोग हुने हुँदा यस कुरामा सरकार र सदनको प्राथमिकतामा पर्ने विश्वास लिएको छु।’

उनले अगाडि भने, ‘ऐतिहासिक तातोपानी नाका, भृकुटीमार्ग र मितेरी पुलको महत्त्वलाई यो सरकारले राम्रोसँग बुझेको कुरामा म पूर्ण विश्वस्त छु।’

उनी सत्ता साझेदार दलका तर्फबाट संसदमा बोलेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad