ad ad

राजनीति


सभामुख र राष्ट्रपतिबारे विश्वप्रकाशले सम्झाए शक्ति सन्तुलनको सिद्धान्त

सभामुख र राष्ट्रपतिबारे विश्वप्रकाशले सम्झाए शक्ति सन्तुलनको सिद्धान्त

संसदमा बोल्दै कांग्रेस सांसद विश्वप्रकाश शर्मा। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १२:५३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले राष्ट्रपति र सभामुखबारे संविधानले गरेको परिकल्पना स्मरण गराएका छन्। 

पहिलो पटक संसदको रोष्ट्रमबाट बोल्दै उनले बिहीबार संविधानले गरेको परिकल्पना गरेको राष्ट्रपति र सभामुखको भूमिकाबारे स्मरण गराएका हुन्। 

‘२०७४ संसदको अनुभवबाट पाठ सिक्दै आवश्यक सहयोग नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति हाम्रो संवैधानिक परिकल्पना हो कि होइन?,’ महामन्त्री शर्माले भने। 

सरकार सत्तापक्षको र सदन प्रतिपक्षको भन्ने मान्यतासमेत स्मरण गर्दै उनले शक्ति सन्तुलनको दृष्टिबाट सभामुखमा कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई चयन गर्न पनि आग्रह गरे। 

कांग्रेसले सभामुखको उम्मेदवारका रुपमा अघि सारेकी सांसद ईश्वरी न्यौपानेलाई निर्वाचित गरे संसदप्रतिको गम्भीर्यता बढ्ने शर्माको भनाइ थियो। 

‘किसुनजीको शिष्य, पूर्व शिक्षिका माननीय ईश्वरी न्यौपाने व्यक्तिगत रूपमा सालिन, कर्णाली र मधेसको भूगोल बुझेको, सचेतक भएर काम गरिसकेको अनुभवी र परिपक्का नेतृ हुनुहुन्छ,’ उनले भने, ‘सभामुख पदमा निर्वाचित गर्दै गर्दा यो संसदप्रति हाम्रो गाम्भीर्यता बढ्ने छ।

तत्कालीन शक्ति सन्तुलनको दृष्टिले कांग्रेसलाई सभामुख बनाउनु उपयुक्त हुन्छ।’

शर्माले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै कांग्रेसले पदका लागि ढोक्सा नथापेको पनि प्रष्टिकरण दिए। 

‘हामीले ढोक्सा थापेका छैनौँ। माछालाई जालमा पार्न कुनै योजना हाम्रो छैन,’ उनले भने, ‘तर, माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा चाहिँ नबनाउन मैले रोष्ट्रममा उभिएर अपिल गर्नै पर्ने हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .