ad ad

राजनीति


सुवास नेम्वाङले भने : दलहरु मिलेर अघि बढ्नुपर्ने मंसिरको निर्वाचनको सन्देश हो

सुवास नेम्वाङले भने : दलहरु मिलेर अघि बढ्नुपर्ने मंसिरको निर्वाचनको सन्देश हो

संसदमा बोल्दै नेकपा एमालेका सांसद सुवास नेम्वाङ। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार ११:५७, काठमाडौँ

नेकपा एमालेका सांसद सुवास नेम्वाङले मंसिर ४ को निर्वाचनबाट जनताले लोकतन्त्रको मूल्य र मान्यताअनुसार मिलेर अघि बढ्ने जनादेश दिएको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सत्तारु दलबाट सभामुखका उम्मेदवार देवराज घिमिरले भोट माग्ने क्रममा उनले यस्तो बताएका हुन्। 

'चुनावमार्फत् दलहरुलाई स्वस्थ्य प्रतिस्पर्धामा लोकतन्त्रको मूल्य र मान्यता बमोजिम मिलेर अगाडि बढ्न जनताको स्पष्ट सन्देश छ, त्यहीअनुसार संसदमा क्रियाशील हुन हामी यो ठाउँमा आइपुगेका छौं', उनले भने, 'यो आधारमा हामी प्रतिनिधि सभाको नेता चयन गर्ने प्रक्रियामा छौँ। यसले जवाफदेहिता र पारदर्शिता स्थापित गर्नुपर्छ। सरकारलाई उत्तरदायी बनाउनुपर्ने चुनौती छ। चुनौति र अवसरको संघारमा उभिएका छौं।'

उनले संसदमा आफूले सदा सर्वदा सकारात्मक कुरा गर्ने पनि बताए। 'प्रतिनिधि सभा आफ्नो जिम्मेवारी पूरा गर्न सफल हुन्छ भन्ने विश्वास छ', उनले भने, 'त्यसका लागि सिंगो प्रतिनिधि सभालाई एकताबद्ध बनाएर सांसदहरुको विश्वास जितेर एकजुट बनाई अगाडि बढ्न निष्पक्ष सभामुख चाहिन्छ। माननीय देवराज घिमिरेले यो भूमिका पूरा गर्न सक्नुहुन्छ।'

उनले घिमिरेले प्रतिनिधि सभाको निष्पक्ष रेफ्रीको भूमिका निभाउन सक्ने पनि बताए। 'संविधान र नियम बमोजिम सभामुख निर्वाचन गरियोस् भन्ने प्रस्ताव राख्छु', उनले भने, 'सबैलाई सहयोग गर्न आग्रह गर्छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .