ad ad

राजनीति


संसदलाई एकतावद्ध बनाउन देवराज घिमिरे सक्षम : हितराज पाण्डे

संसदलाई एकतावद्ध बनाउन देवराज घिमिरे सक्षम : हितराज पाण्डे

संसदमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डे। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १२:३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रिय सभामा अनुभव प्राप्त गरिसकेकाले देवराज घिमिरे सभामुखका लागि सक्षम रहेको बताएका छन्। 

सभामुखको निर्वाचनका क्रममा एमाले सांसद घिमिरेको पक्षमा मत माग्दै बिहीबार उनले यस्तो बताएका हुन्।

'नेपालको कम्युनिष्ट आन्दोलनमा उत्पीडितको पक्षमा काम गर्नुभएको जानकारी प्रस्तावकले राख्नुभएको छ', उनले भने, 'नेपालीलाई एकताबद्ध बनाएर सबै जनतालाई व्यवस्थित गरेर नेपालको समृद्धिलाई अगाडि बढाउनुपर्ने दायित्व छ। यसका लागि देवराज योग्य सक्षम हुनुहुन्छ।'

उनले घिमिरेको पक्षमा मत मागे। 'यस सदनको नेतृत्व, सदनका रुपमा यहाँ भएका सबै दल, स्वतन्त्र माननीय सबैले उहाँको पक्षमा मतदान दिनुहुनेछ भन्ने अपिल गर्छु', उनले भने, 'फेरि पनि माननीय सुवास नेम्वाङजीले प्रस्ताव गर्नुभएको देवराज घिमिरेलाई विजयी गराउन अपिल र अनुरोध गर्दछु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .