राजनीति


नेता पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सुझाव

नेता पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सुझाव

नेपालखबर
माघ ४, २०७९ बुधबार १७:५८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्। वंशाणुगत जन्डिस (कमलपित्त) बाट पीडित नेता पुनको पुस ३० गते पुनः स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरी उपचार भइरहेको छ। 

उनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ डा युवराज शर्माले अहिले उनको स्वास्थ्य उपचार सुधार भए पनि दीर्घकालीन समस्या समाधानका लागि कलेजोको प्रत्यारोपण गर्नुपर्ने बताए।

‘जन्डिसका कारणले उहाँको कलेजो समस्या देखिएको छ, अरू वैकल्पिक उपचार गरेर कलेजोलाई ठीक पार्न सकिन्छ कि भनेर हामी लागेको छौँ’, उनले भने, ‘तर कलेजोको कमजोर स्थिति नै आइसकेको हुनाले प्रत्यारोपण गर्नु सबैभन्दा राम्रो हो, यसबारे हामीले उहाँको परिवारमा छलफलसमेत चलाइसकेका छाैं।’

डा शर्माले कलेजो प्रत्यारोपण कहाँ र कसरी गर्ने भन्ने सम्बन्धमा बिरामीसँग छलफल गर्नेसमेत बताए। जन्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिरमा उपचारका लागि पुन चीन गएका थिए। स्वास्थ्यमा सुधार आएपछि उनी नेपाल फर्किएका थिए। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टु सिन्ड्रोम’ भनिन्छ। चीनमा उपचार गर्नुभन्दा अगाडि गत वर्ष पनि रोगले च्यापेपछि उनको थाइल्यान्डमा उपचार गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad