ad ad

राजनीति


सहमतिविपरीत अर्कै मन्त्रालय दिएपछि जनमत असन्तुष्ट, आकस्मिक बैठक जारी

सरकारको समर्थन फिर्ता लिन सक्ने
सहमतिविपरीत अर्कै मन्त्रालय दिएपछि जनमत असन्तुष्ट, आकस्मिक बैठक जारी

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत


नेपालखबर
माघ ३, २०७९ मंगलबार १७:२६, काठमाडौँ

सहमतिअनुसार मन्त्रालय नदिएको भन्दै डा. चन्द्रकान्त राउत (सीके) नेतृत्वको जनमत पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।

त्यसबारे निर्णय गर्न अहिले पार्टी कार्यालय बुद्धनगरमा जनमत पार्टीको आकस्मिक बैठक बसिरहेको एक नेताले नेपालखबरलाई बताए।

पुस ११ गते जनमत पार्टीबाट अब्दुल खान विना विभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए।

जनमतलाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारी दिने सहमति कार्यान्वयन नभएकोले सरकारमा रहने कि नहरने निर्णय गर्न बैठक बसेको ती नेताले जानकारी दिए।

मंगलबार विस्तार भएको मन्त्रिमण्डलमा जनमतको भागमा खानेपानी मन्त्रालय परेको थियो।

सहमतिअनुसार मन्त्रालय नपाएको भन्दै मन्त्री शपथ खाएका खानले खानेपानी मन्त्रालयमा पदबहाली गरेका छैनन्।

‘गठबन्धनमा रहने कि नरहने, सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिनेबारेमा अहिले पार्टीको उपलब्ध नेताहरुको बैठक बसिरहेको छ,’ ती नेताले भने, ‘सहमति कार्यान्वयन नगर्ने, थप मन्त्रालय पनि नपाउने भएपछि सरकारमा रहनुको औचित्य नभएको साथीहरुको भनाई छ। निर्णय के हुन्छ हेरौँ।’

तर, नेता बीपी साहले भने सरकारले निर्णय सच्याउने तत्परता देखाए सरकारमै रहने बताए।

‘हामीलाई सहमति भएको मन्त्रालय नदिएर खानेपानीमा मिल्क्याइएको छ, यो मान्ने कुरा भएन, साहले भने। 

‘यसमा सरकार सच्चिने र प्रधानमन्त्रीले प्रतिवद्धता जनाए एउटा परिस्थिति बन्न सक्छ।’

जनमत पार्टी प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .