राजनीति


विमान दुर्घटनाको छानबिनका लागि बन्यो ५ सदस्यीय जाँचबुझ आयोग

विमान दुर्घटनाको छानबिनका लागि बन्यो ५ सदस्यीय जाँचबुझ आयोग

नेपालखबर
माघ १, २०७९ आइतबार १४:३०, काठमाडौँ

आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिनका लागि ५ सदस्यीय जाँचबुझ आयोग गठन भएको छ। 

विमान दुर्घटनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। 

बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले‍ छानबिनका लागि आयोग गठन गरिएको बताए।

'दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सुझाव दिने गरी आयोग बनाइएको छ', उनले भने, 'गैरसैनिक हवाई उडान दुर्घटना नियमावली २०४१ अनुसार दुर्घटना जाँच आयोग गठन गरिएको हो।'

उनका अनुसार आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन्। त्यस्तै सदस्यहरुमा हवाई उडानविज्ञ दीपकप्रसाद बाँस्तोला, अवकाश प्राप्त क्याप्टेन तथा हवाईविज्ञ सुनिल थापा र हवाई मेन्टेनेन्स क्षेत्रका इन्जिनियर टेकराजजंग थापा सदस्य रहेका छन्। 

आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव  बुद्धिसागर लामिछाने रहेका छन्। यो आयोगलाई ४५ दिनको समय दिइएको छ।

विमान दुर्घटनाबारे थप बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा जाँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad