प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
सत्ता साझेदार दलको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
मन्त्रालयको भागबन्डा मिलाउन र सहमति जुटाउन छलफल भइरहेको हो।
एमालेको प्रस्तावमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सहमतिका आधारमा दलहरुसँग मन्त्रालयको बाँडफाँट गराउन चाहेका छन्।
सोही अनुसार बुधबार पनि ओली निवास बालकोट पुगेर प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए।
‘अहिले प्रधानमन्त्रीसँग एमाले अध्यक्षले छलफल गरिरहनुभएको छ। मन्त्रालय बाँडफाँटको विषयमा एउटा मोडालिटी तयार पारेर गठबन्धन बैठकमा राख्ने तयारी छ’ स्रोतले नेपालखबरसँग भन्यो, ‘चार जना मन्त्रीहरुको मन्त्रालय आजै तोकिने सम्भावना छ।’
Shares

प्रतिक्रिया