नेकपा एमाले छाडेका नेता घनश्याम भुसाल भोलि (शुक्रबार) नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।
उनले शुक्रबार काठमाडौंमा एक स्वघोषणा कार्यक्रम गरेर समाजवादीमा प्रवेश गर्न लागेका हुन्।
उनले उक्त घोषणाका लागि एक कार्यक्रम नै तय गरेका छन्। बुधबार मात्रै समाजवादीले भुसाललाई स्वागत पत्र पठाएर पार्टीमा छिटोभन्दा छिटो आउन भनेको थियो।
यस्तोमा माधवकुमार नेपालले एमाले विभाजन गरेको डेढ वर्षपछी भुसाल समाजवादीमा प्रवेश गर्न लागेका हुन्।
नेकपा एमालेमा रहँदा भुसाल माधव नेपाल समूहमै थिए। २०७८ असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाललाई मिलाउन बनाइएको १० बुँदे सहमतिपत्रका एकजना मस्यौदाकार भुसाल पनि थिए।
तर नेपालले २०७८ साउनमा एमाले विभाजन गर्दा उनले माधव नेपाललाई साथ दिएका थिएनन्। तर मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि उनी पार्टी छाडेर स्वतन्त्र रुपमा रुपन्देही १ मा उठेका थिए।
तर नेपाली कांग्रेस र माओवादीको पनि साथ मिल्दा उनले एमालेका छविलाल विश्वकर्मासँग पराजय व्यहोरेका थिए।
यस्तोमा मंसिर ४ को निर्वाचनपछि उनी नेपालनिवास कोटेश्वर पुगेर वार्ता गरेका थिए। त्यसपछि उनले सोमबार मात्रै समाजवादीलाई पार्टी प्रवेशबारे एउटा दस्तावेज पठाएका थिए।
उक्त दस्तावेजको समाजवादीले उत्तर दिँदै भुसाललाई पार्टीमा स्वागत गर्न तयार रहेको जनाएको थियो। दुवै पक्षबीच कुरा मिलेपछि एमालेका तत्कालीन अर्थ तथा योजना विभाग प्रमुख भुसाल अब समाजवादीको महासचिव बन्ने भएका छन्।
Shares

प्रतिक्रिया