प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
बिहीबार र सोमबार नियमित रुपमा बस्दै आएको बैठक ११ बजेका लागि बोलाइएको हो।
प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
प्रचण्डले बुधवार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए।
63
Shares
प्रतिक्रिया