गोरखा महोत्सव उद्घाटन गरेर फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार साँझ बालकोट पुगेका छन्।
हेलिकोप्टरबाट गोरखा पुगेर फर्किएका उनी बुधबार साँझ सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि बालकोट पुगेका हुन्।
प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका छन्। उनलाई नेपाली कांग्रेससहित अधिकांश सांसदको समर्थन मिलेको छ।
विश्वासको मत लिएपछि प्रचण्ड अब मन्त्रिपरिषद् विस्तार तयारीमा छन्। पुस ११ मा तेस्रो पटक प्रधानमन्त्री बनेका उनी आफैंले अहिले १७ वटा मन्त्रालयको कार्यभार सम्हालिरहेका छन्।
यस्तोमा एक दुई दिनभित्रै क्याबिनेट विस्तार र विनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिने तयारी सत्ता गठबन्धनको छ।
पुस ११ मै मन्त्रीमा नियुक्त भएका राजेन्द्र राई, ज्वालाकुमारी साह, दामोदर भण्डारी र अब्दुल खानले अझै जिम्मेवारी पाएका छैनन्।
एमालेका तीन र जनमतका खान अहिले प्रधानमन्त्री कार्यालयमा हाजिर गर्दै पुल्चोकस्थित निवासमै गएर बस्ने गरेका छन्।
मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारले गति लिन नसकिरहेको अवस्थामा प्रचण्ड त्यसकै तयारीबारे छलफल गर्न बालकोट पुगेका हुन्।
Shares

प्रतिक्रिया