कारोबार


खराब मौसमका कारण नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित

खराब मौसमका कारण नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित

नेपालखबर
पुस २७, २०७९ बुधबार १८:५७, काठमाडौँ

हुस्सु र शितलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन्। नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडानहरु ढिलो र स्थगित हुने गरेका हुन्। 

हरेक दिन जहाजले एउटा मात्रै उडान भएपनि यात्रुहरु धेरै नहुने गरेको स्थानीयहरु बताउँछन्। जहाजको क्षमता १८ जनाको भएपनि जहाजमा समानहरु भरेर करिब दैनिक १२ देखि १५ जना मात्रै हुने गरेको स्थानीयहरुले बताए। 

नेपालगञ्ज विमानस्थलबाट समान्य मौसममा दैनिक २० देखि २५ वटा उडान हुँदै आएको छ। विमानस्थलबाट काठमडाैं, पोखरा लगायत विभिन्न पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, बाजुरा, रुकुम जिल्लामा पनि उडान हुँदै आएको छ।

अहिले जाडो सिजनमा हुस्सु र शितलहरका कारण विमानस्थलबाट हुने उडान प्रभावित हुँदै आएको नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख सुरेशप्रसाद खनालले बताए।

बिहान हुने उडान मौसम खराबीका कारण दुईदेखि तीन घण्टा ढिलो हुने गरेको खनालले बताए। 

चिसोका कारणले पहाडी भेगका मानिसहरु धेरै कम मात्रामा जहाजबाट यात्रा गरिरहेको प्रमुख खनालले बताए। जहाजमा मानिसहरु यात्रा कम गर्न थालेपछि एयारलइन्सहरुले कार्गो गरिरहेको उनकाे भनाई छ।

यात्रुहरु अपुग भएपछि एयरलाइन्सहरु मिलेर सिमित उडान गरिरहेको प्रमुख खनालले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad