राजनीति


लागुऔषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि पनि चुनौतीपूर्णः गृहमन्त्री

लागुऔषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि पनि चुनौतीपूर्णः गृहमन्त्री

नेपालखबर
असार ११, २०७६ बुधबार ६:४०,

 गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।

लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्र्दभमा बुधबार काठमाडौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागू औषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतीपूर्ण रहेको बताएका हुन्।

लागुऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा सरकारका प्रयासहरु पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण पनि यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको उनको भनाई थियो।

उनले भने, ‘लागू औषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा हाम्रा प्रयासहरु पर्याप्त छैनन्। नेपालको भौगोलिक परिस्थिति, खुल्ला सिमानाका कारण पनि लागू औषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतीपुर्ण रहेको छ।’

सकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विकास गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको उनले स्वीकार गरे। कानुनको सफल कार्यान्वयन संगै रोकथाम मुलुक प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नसकिएको भन्दै उनले नागरिक समाजको साथै सबै बर्ग र तहलाई सहयोग गर्न आग्रह गर्नुभयो । लागू ओषध दुरुपयोग र अबैध कारोवार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकिय उपचारसँगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको बताए।

लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्र्तराष्टिय दिवस नेपालमा विविध कार्यक्रम गरि साताव्यापी रुपमा मनाईएको छ। साताको अन्तिम दिन बुधबार गृहमन्त्रालय अन्र्तगतको मुल आयोजक समितिले विशेष कार्यक्रम गरेको हो। यस वर्ष नेपालमा ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन’, भन्ने नाराका साथ यो दिवस मनाईएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad