जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी चैतमा विधान अधिवेशन गर्ने भएको छ। विधान अधिवेशनको तयारीसँगै पार्टी संगठन विभागले अभिलेख संकलनको कामलाई तिव्रता दिएको प्रचार विभागले जानकारी दिएको छ।
साथै, पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गरिने जानकारी जसपाले गराएको छ। ती सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाइएको हो।
कुन प्रदेशमा कसलाई जिम्मेवारी?
प्रदेश नं १ – खगेन्द्र माखिम
बागमती प्रदेश – विद्युत बज्राचार्य
लुम्बिनी प्रदेश – अशोक कुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगर
राष्टिय समितिहरु – लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामी
जनवर्गीय संगठनहरू – रञ्जु ठाकुर, भीम राई र अशेश्वर यादव
गैर भौगोलिक – चन्देश्वर प्रसाद सिंह र मञ्जु अन्सारी
प्रवास विशेष प्रदेश समिति – रामसहायप्रसाद यादव
27
Shares

प्रतिक्रिया