बलिउड अभिनेत्री विद्या बालनको एउटा भिडिओ सार्वजनिक भएको छ। जसमा उनी ‘भाभी जी घर पर हैको अंगूरी भाभी’को संवादमा लिप सिंक गरिरहेकी देखिएकी छिन्।
भिडिओ हेरेपछि फ्यानहरुले विद्याको अभिव्यक्तिको तारिफ गरिरहेका छन् । यति मात्र होइन, टिभीमा अंगूरी भाभीको भूमिका निभाउने शुभांगी अत्रेले पनि विद्याको यो पोष्टमा प्रतिक्रिया दिएकी छिन्।
भिडिओको सुरुवात ‘भाभी जी घर पर हैं’को संवादबाट भएको छ। विद्याको यो भिडियोमा प्रयोगकर्ताहरूले प्रतिक्रिया दिइरहेका छन्।
एक प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्, ‘तपाईले शिल्पा शिन्देभन्दा राम्रो अभिव्यक्ति दिनुहुन्छ।’
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘भाउजु, तपाईं धेरै प्यारो हुनुहुन्छ।’
अर्का प्रयोगकर्ताले लामो टिप्पणी लेख्दै भनेका छन्, ‘विद्या जी फिल्मको काम रोकिएको छ। यहाँ रमाइलो गर्दै हुनुहुन्छ? तपाईं एक्लै फिल्म हिट बनाउनुहुन्छ। त्यसपछि किन इन्स्टाग्राममा भिडिओ बनाउनुहुन्छ?’
सामाजिक सञ्जाल यस्तै यस्तै टिप्पणीले भरिएको छ।
Shares

प्रतिक्रिया