राजनीति


प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री अधिकारी

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री अधिकारी

तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीकाे सचिवालय


नेपालखबर
पुस २७, २०७९ बुधबार ८:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अधिकारी बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। उनीहरुबीच बधाई साटासाट तथा समसामयिक राजनीतिका विषयमा छलफल भएको छ। 

प्रचण्ड नेतृत्वमा केन्द्र सरकार बनेसँगै प्रदेशहरुमा पनि धमाधम सरकार बनाउने क्रम जारी छ। गण्डकी प्रदेश एमालेको भागमा परेको छ। सोही अनुसार अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad