ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि दंग नेताहरू (तस्बिर)

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि दंग नेताहरू (तस्बिर)

सरोज बैजु
पुस २६, २०७९ मंगलबार १९:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासमै सबैभन्दा धेरै सांसदको विश्वासको मत पाएका छन्। 

मंगलबार भएको विश्वासको मत लिने प्रस्तावको पक्षमा २६८ जना सांसदले प्रचण्डलाई समर्थन गरे।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि संसद भवनबाट बाहिरिँदा दलका नेताहरु दंग देखिन्थे।

जम्मा २७५ जना सांसद रहेको प्रतिनिधिसभा प्रचण्डले विश्वासको मत लिँदा २७० जना सांसद उपस्थित थिए।

जसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विश्वासको मतको विपक्षमा मतदान गरे।

त्यस्तै प्रतिनिधिसभाको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले पनि प्रचण्डलाई मतदान गरेनन्। 

त्यस्तै प्रचण्डले विश्वासको मत लिँदा कांग्रेस सांसदहरु मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत संसदमै उपस्थित थिएनन्। 

अर्कातिर कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले उनले मतदान गर्न पाएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .