लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता एवं सांसद शरदसिंह भण्डारीले राष्ट्रिय सहमतिको सरकार बनाएर संविधानलाई पूर्णता दिनुपर्ने बताएका छन्।
सोमबार बसेको पहिलो संसद बैठकमा बोल्दै उनले अन्तिम पटक सबै दलहरु एकै ठाउँमा उभिएर संविधानलाई पूर्णता दिनुपर्ने बताए।
अहिलेको जनतम नै कोलिसनको भएकोले मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
'हामीले जुन निर्वाचन प्रणाली अंगीकार गरेका छौँ, त्यसले निश्चित रुपमा सरकार कुनै एउटा दलको बन्ने सम्भावना छैन,’ भण्डारीले भने, ‘भनेपछि हामीले गठबन्धनको संस्कार र संस्कृतिलाई सरकार सञ्चालन गर्ने एउटा विधिलाई स्वीकर गरेर विकास गर्नुपर्ने अवस्था छ। त्यसकारण अहिलेको जनमत भनेको कोलिसनको जनमत हो। त्यो कोलिसनले एक ठाउँमा उभिएर अहिलेको तमाम समस्याहरुलाई आत्मसाथ गरेर आर्थिक, राजनीतिक, सामाजिक लगायत थुप्रै समस्यालाई एकपटकलाई म अपोजिसन पार्टी कांग्रेसलाई पनि भन्छु, एकपटकको लागि सबै सँगै बसेर अनि यो संविधानलाई पूर्णता दिएर अनि संविधानले प्रतिवद्धता गरेका अगाडि बढाउन सक्यौँ भने हामी यो मुलुकलाई नयाँ बाटोमा लैजान सक्छौँ।’
‘मलाई लाग्छ यो हाम्रा निम्ति अन्तिम अवसर हो। एकपटक सबै संगै बसेर संविधानलाई पूर्णता दिएर अगाडि बढ्नुपर्छ। हामी चुक्यौ भने अर्काे नयाँ दल आउने अवस्था रहदैँन ।डा. सिके राउत, रवि लामिछाने लगायतलाई आग्रह गर्न चाहन्छु, आजको दिन प्रण गरौं,’ भण्डारीले थपे।
राज्यले ढाट्नु हुँदैन
संविधान बनेको ७ वर्ष भइसकेो बताउँदै उनले संविधानले अझै पनि पूर्णता नपाएको स्मरणर गराए। 'हामी आँफैले भनेको संविधान लगायतका विषयहरु सम्बोधन गर्न सकेको छैन। राज्यले ढाँट्नु हुँदैन', उनले भने, 'जब राज्यले ढाँट्न थाल्छ, राज्यप्रतिको विश्वास घट्न थाल्छ। राज्यले कबोल गरेका विभिन्न पक्षसँग सम्झौता कहाँ कहाँ छन्?, त्यसलाई ल्याएर अघि बढाउनुपर्छ। अनि बल्ल जनताले राज्यप्रति विश्वास गर्छ। राज्य, नेता, दलप्रतिको विश्वास घट्यो भने यो मुलुकले दुख पाउने अवस्था हुन्छ।'
Shares

प्रतिक्रिया