गण्डकी


गण्डकीको मुख्यमन्त्रीमा खगराज, दीपक मनाङेको पनि समर्थन

आजै ५ बजे सपथ
गण्डकीको मुख्यमन्त्रीमा खगराज, दीपक मनाङेको पनि समर्थन

नेपालखबर
पुस २५, २०७९ सोमबार १५:३८, पाेखरा

मनाङको ‘ख’बाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्विरोध सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) सहित ३३ सांसदको समर्थनमा एमाले नेता खगराज अधिकारीले गण्डकीको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

दीपक मनाङे गएको मंसिर १९ गते माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए। एकीकृत समाजवादी संघीय संसदको पहिलो बैठकमा विपक्षी बेञ्चमा बस्दा यता मनाङले भने एमालेलाई साथ दिने निर्णय गरेका हुन्।

यो निर्णयसँगै बहालवाला युवा तथा खेलकुदमन्त्री रहेका मनाङेको पुनः मन्त्री बन्ने बाटो खुलेको छ। यद्यपि, मुख्यमन्त्रीमा दाबी गरेका खगराजले को–को मन्त्री हुँदैछन् भन्ने चाहिँ प्रष्ट बताएनन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङसामु दाबी पेश गरेपछि पत्रकारसँग बोल्दै उनले

भने,‘ अहिले साढे ४ बजे सपथ हुँदैछ, तपाईंले को–को मन्त्री हुँदैछन्, थाहा भइहाल्छ।’ 

उनले सम्मुनत प्रदेश बनाउन र मन्त्रालयको संख्या घटाउने दिशामा काम गर्ने पनि बताए। 

एमाले संसदीय दलको नेता रहेका खगराजलाई एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदको समर्थन छ। मनाङेले सत्तापक्ष रोजेपछि अब २७ सांसद रहेको नेपाली कांग्रेस गण्डकी सरकारको विपक्षमा बस्ने भएको छ।

यसअघि माओवादीले पनि यहाँ मुख्यमन्त्री दाबी गरेको थियो। माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पहिलो पालोमा आफैँ मुख्यमन्त्री हुनुपर्ने अडान राखेका थिए।

तर, केन्द्रीय निर्णय कार्यान्वयन गर्नू भन्ने निर्देशनपछि उनले दोस्रो बरियताको मन्त्रीमा चित्त बुझाउने देखिएको छ। उनले अर्थमन्त्रालय सम्हाल्ने स्रोतले बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad