ad ad

राजनीति


बालुवाटारमा सत्ता साझेदार दलको बैठक, प्रदेश प्रमुख र मुख्यमन्त्री टुंगो गर्न सक्ने

बालुवाटारमा सत्ता साझेदार दलको बैठक, प्रदेश प्रमुख र मुख्यमन्त्री टुंगो गर्न सक्ने

बालुवाटारमा बसिरहेको सात दलीय बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस २४, २०७९ आइतबार १७:५७, काठमाडौँ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार सात दलको बैठक सुरु भएको छ।

प्रदेश सरकार निर्माणको समय आइसकेपछि सहमति जुटाउन सात दलको बैठक बसेको हो।

यो बैठकले सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीको बाँडफाँट सकेसम्म आजै टुंगो लगाउने तयारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकबाट ७ वटै प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु बाँडफाँटमा सहमति जुटाउने भएको छ। 

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन्। 

त्यसैगरी बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि सहभागी छ। बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि भने पुगेका छैनन्। 

आइतबार प्रदेश १ मा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की चौथो मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्। 

त्यहाँ उनलाई माओवादी, राप्रपा र जसपाका सांसदहरुले समर्थन गरे। उनी करिब दुईतिहाइ अर्थात् ६० सांसदको समर्थनमा आइतवार मुख्यमन्त्री बनेका हुन्। 

प्रदेश १ मा एमालेका ४०, माओवादीका, राप्रपका ६ र जसपाका १ सहित ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भए।

प्रदेश १ का माओवादी सांसद इन्द्र आङ्बोले सभामुख पद आफूहरु लिने बताएका छन्। तर, सभामुखको नाम एक दुईदिनभित्र टुंगो लगाउने उनको भनाइ छ।

यस्तै अन्य ६ वटा प्रदेशहरु बाँडफाँटबारे बैठकले सहमति गर्ने नेताहरु बताउँछन्। प्रधानमन्त्री प्रचण्डले यही मंगलबार विश्वासको मत पनि लिँदैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .