राजनीति


पृथ्वी जयन्तीका दिन बिदुर नगरले दियो सार्वजनिक बिदा

पृथ्वी जयन्तीका दिन बिदुर नगरले दियो सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०७९ बिहिबार १६:१२, काठमाडौँ

नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा नुवाकोटको बिदुर नगरपालिकाले आगामी पुस २७ गते सार्वजनिक बिदा दिएको छ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनालले बुधबार एक सूचना निकालेर राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदाको निर्णय भएको बताएका छन्।  

'यस बिदुर नगरपालिकाको पुस १७ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयानुसार राष्ट्रिय एकीकरण दिवसको अवसरमा पुस २७ गते यस नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ', उनले भनेका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रमा पनि सरकारमा जाने शर्तका रुपमा पुस २७ गते सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने माग गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .