नेपाली कांग्रेसले वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सत्ता र पद प्राप्तिकै पछि कुदेको टिप्पणी गरेको छ।
अघिल्लो आइतवार सत्ता गठबन्धन टुटेपछि पहिलो पटक सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।
उनले युवाहरुलाई नयाँ विश्वास र आकांक्षा दिन सफल पार्टी पनि सरकारमा गएपछि पद प्राप्तिकै लागि कुदेको उल्लेख गरे।
'युवाहरुलाई विश्वास र आकांक्षा जगाएर बनेको पार्टी पनि अहिलेको गठबन्धन सरकारमा गएको छ', उनले भने, 'चुनावअगाडि 'नो नट अगेन' भन्नेहरु पनि अहिले पद प्राप्तिमै सीमित भएका छन्।'
219
Shares

प्रतिक्रिया