राजनीति


प्रधानमन्त्रीद्वारा सिंहदरबारस्थित नयाँ संरचनाको अवलोकन

प्रधानमन्त्रीद्वारा सिंहदरबारस्थित नयाँ संरचनाको अवलोकन

सिंहदरबारको छतमा प्रधानमन्त्री प्रचण्ड र मुख्यसचिव शंकरदास वैरागी। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस २०, २०७९ बुधबार १५:९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनका विभिन्न संरचनाको अवलोकन गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले उक्त भवनस्थित एक्सन रुम, स्टुडियो, पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायत संरचनाको निरीक्षण गरेका उनको सचिवालयले जनाएको छ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाको समेत अवलोकन गरे।

त्यसक्रममा मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई निर्माणाधीन संसद भवन, जीर्ण अवस्थाको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा परिरकल्पना गरिएका संरचनाबारे विस्तृत जानकारी दिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad