ad ad

राजनीति


‘एमाले कम्युनिष्ट पार्टी नै होइन, त्यहाँ मुठ्ठीको माखा जस्तो लोकतन्त्र छ’

‘एमाले कम्युनिष्ट पार्टी नै होइन, त्यहाँ मुठ्ठीको माखा जस्तो लोकतन्त्र छ’

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०७९ मंगलबार १५:४१, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले एमाले विभाजनको पुष्टि आफूहरुले गरिसकेको बताएका छन्। 

दुई दिनदेखि जारी पोलिटब्युरो बैठकका क्रममा मंगलबार पत्रकारहरुसँग बोल्दै यस्तो बताएका हुन्। 

समाजवादी प्रचार विभाग प्रमुखसमेत रहेका खतिवडाले एमाले छाडेका घनश्याम भुसासलहरुलाई पार्टीमा भित्र्याउने कोसिस जारी रहेको बताए। 

'घनश्याम भुसालहरुलाई पार्टीमा ल्याउनेबारे छलफल भइरहेको छ। वामपन्थी अगुवा र नेताहरुलाई आउन भनेका छौँ', उनले भने, 'पार्टी फुटको औचित्य पोलिटब्युरोले पुष्टि गर्ने होइन। हामी अहिले पनि वाम एकताको पक्षमा छौँ। त्यस दिशामा विभिन्न समूहसँग छलफल भइरहेको छ।'

उनले एमालेमा लोकतन्त्रै नभएको बताए। 'मुठ्ठीको माखा जस्तो लोकतन्त्र छ एमालेमा। जनवादी केन्द्रीयतमा जनवाद छँदै छैन', उनले भने, 'कम्युनिष्ट पार्टीको जस्तो नीति उसको दस्तावेजमा छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .