ad ad

राजनीति


अर्थमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न- एयरपोर्टले सरकारको निर्देशन किन पालना गरेन?

अर्थमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न- एयरपोर्टले सरकारको निर्देशन किन पालना गरेन?

फाइल।


नेपालखबर
पुस १९, २०७९ मंगलबार ११:३३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्ने निर्देशन पालना नगरिएकोप्रति आपत्ति जनाएका छन्। उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई मंगलबार बिहान टेलिफाेनमार्फत निर्णय कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री प्रचण्डले चासो राखेका हुन्। 

साथै, उनले अर्थमन्त्री पौडेललाई फोनमार्फत तत्काल कार्यान्वयन मिलाउन निर्देशन दिएका छन्।

सोमबार अमेरिकाबाट नेपाल ल्याइएको मोबाइल सेट एयरपोर्टका कर्मचारीले जफत गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालले मंगलबार बिहान अर्थमन्त्री पौडेल र अर्थसचिवलाई आवश्यक कानुनी प्रक्रिया पछि मिलाउँदै जान सकिने तर अहिले निर्देशन कार्यान्वयन आजैकै मितिदेखि गराउन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।

‘प्रधानमन्त्रीले आज अर्थमन्त्रीलाई फोन गरेर एयरपोर्टले सरकारको निर्देशन किन पालना नगरेको? भनेर जिज्ञासा राख्नुभयो,’ सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘तत्काल सरकारको निर्णय कार्यान्वयन गर्नुपर्‍यो। कानुनी समस्या छन् भने पनि ततकाल सम्बोधन गर्ने व्यवस्था मिलाउनुपर्‍यो।’

सोमबार अमेरिकाबाट फर्केका झापाका दुधलाल नेम्वाङले आफ्नो साथमा ल्याएको आइफोन एयरपोर्टका कर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने भन्दै लिएपछि उनले त्यही छोडेर हिँडेका थिए।

‘उहाँले अर्थसचिवालाई पनि निर्देशन सदँदै सबैतिर सरकारको निर्णय एकैपटक पुग्ने र कार्यान्वयन हुने गरी सर्कुलर गर्न निर्देशन दिनुभयो,’ सचिवालयका ती सदस्यले थपे ।

सरकारले बाहिरबाट आउँदा ल्याउने मोबाइलमा कुनै रकम नलाग्ने निर्णय भएपछि आफूले ल्याएपनि एयरपोर्टका कर्मचारीले सरकारको निर्णय थाहा नभएको र कुनै निर्णय प्राप्त नभएको बताउँदै १८ प्रतिशत कर तिर्नेपर्ने बताएपछि उनले मोबाइल फोन त्यही छोडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .