राजनीति


जसपाको बैठकमा उठ्यो अन्तर्घात गर्नेमाथि कारबाही गर्न माग

जसपाको बैठकमा उठ्यो अन्तर्घात गर्नेमाथि कारबाही गर्न माग

नेपालखबर
पुस १८, २०७९ सोमबार २०:२८, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठकमा गत निर्वाचनको समीक्षा गर्दै अन्तर्घात गर्नेमाथि कारबाही गर्नुपर्ने माग उठेको छ।

आज पहिलो दिनको बैठकमा बोल्ने अधिकांश नेताहरुले निर्वाचनको निर्मम समीक्षा हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग उठाएका छन्। 

बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राईद्वारा प्रस्तुत ‘मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका’ र पार्टी अध्यक्ष उपेन्द्र यादवदवरा प्रस्तुत ‘प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचन सम्बन्धी समीक्षा’ प्रतिवेदनमा छलफल भयो। 

एकैपटक प्रस्तुत प्रतिवेदनमा बोल्नका लागि ४० जना नेताहरुले नाम टिपाएका छन्। आज २७ जना नेताहरुले ती प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन्। 

निर्वाचनको सम्मुखमा गठबन्धन तोडेर एमालेसँग तालमेल गर्नुले कार्यकर्ताहरुमा अन्योल सिर्जना गरेको र अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएको केही नेताहरुले तर्क राखे। 

बाँकी एजेण्डामाथि भोलि छलफल हुने जसपा केन्द्रीय कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad